कटहरिया नगरपालिकाले ५३ जनालाई गरे कम्बल वितरण

रबिन्द्र प्रजापति,कटहरिया माघ १८ गते । रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आज ५३ जनालाई कम्बल वितरण गरेका छन ।
कटहरिया वडा नम्बर ४ का गरिब तथा विपन्न परिवारलाई मंगलबार न्यानो कम्बल वितरण गरिएको छ । कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवालको निर्देशनका मंगलबार एक कार्यक्रमका बिच सो कम्बल वितरण गरिएको छ ।
नगर प्रमुख जयसवालको निर्देशनमा जिन्सी प्रमुख संतोष साहले सो कम्बल वितरण गरेका हुन् ।
कटहरिया नगरपालिका वडा नम्बर ४ का दलित, गरिब परिवारका ५३ जनालाई कम्बल वितरण गरिएको छ । चिसो बढेपनि स्थानीय सरकारले कम्बल वितरण नगरेको गुणासो आउन थालेपछि नगर प्रमुख जयसवालले कम्बल वितरण गराउन कार्य सुरू गरेका हुन् ।
चिसोको कारण गरिब,विपन्न परिवार समस्या परेका छन् । कम्बल वितरणको सहयोग थोरै भएको पनि उनीहरूले राहत महसुस गरेका छन् ।

16 Push 077 final